Duration 5:26

प्रवासी पुकार ( ) कविता । छन्द शार्दूलविक्रीडित । कवि दुष्यन्त भट्टराई विरचित कविता।

2 456 watched
0
56
Published 24 Apr 2020

प्रवासी पुकार ( 𝐏𝐫𝐚𝐯𝐚𝐚𝐬𝐢 𝐏𝐮𝐤𝐚𝐚𝐫 ) कविता । छन्द: शार्दूलविक्रीडित । कवि दुष्यन्त भट्टराई विरचित नेपाली कविता। #प्रवासी_पुकार --------------------------------------------------------------------------------------- मेरो देश चलाउने मनुज हो बिन्ती पुकारा सुन हामी आज विदेशमा अललियौँ बुझ्दैन यो कानुन । भोको पेट कराउँदैछ अहिले केही त लौ खान दे सक्छस् राख्न तँ राख् कि ता सहजले आफ्नै धरा जान दे ।१। गर्थ्यौँ काम तमामका खुरुखुरू जो सीप हो बाँड्दथ्यौँ नेपाली जब भेटिए पनि कतै आफ्नोपना साट्दथ्यौँ । दाता हो हुन ता तथापि मनले द्यौता बुझेका थियौँ ऐले संकट यो अचानक भयो मर्ने भयौँ आत्तियौँ ।२। बस्दैछौँ सब बन्द जीवन यहाँ मात्रै विलौना गरी खाना दिन्छ सकिन्छ पेट नभरी हप्काउँदै बेस्सरी । त्यो शौचालय एउटा छ जनता चालीसका खातिर बस्ने बास छ साँघुरो त कसरी दूरी रहोस् आखिर ।३। पानी आउँछ भन्छ “धेर नचला” तातो कहाँ पाउनु ढोका बन्द छ वायु चल्छ नरको ताजा कहाँ आउनु । निस्की हिँड्न दिँदैन बाहिर कतै बन्दी भयौँ जेलमा कोरोना अब बर्सिँदैछ यसरी बग्ने भयौँ भेलमा ।४। के ले चल्नु र रेमिट्यान्स नभए भन्थ्यौ हिजो देशमा वाचा बन्धन ती कतातिर पुगे बिर्स्यौ कि आवेशमा । त्यो सामर्थ्य पुगेन भन्न पनि ता के लाजले दिन्छ र? आफ्ना सन्ततिको पुकार नसुनेस् के कानले भन्छ र ? ।५। गर्दैछन् हर देशले स्वजनको उद्धारको कोसिस मेरो देश कता कता अलप भो माया हरायो कि त । केही चार्टर वायुयान गरिए बाँच्ने थियौँ आखिर बस्छौ चिम्म गरेर नेत्र कसरी हामी भयौँ बाहिर ।६। राखे बस्न तयार छौँ अलग नै हफ्ता त के वर्ष नै पाऔँ फर्कन आज मात्र घरमा पीडा सहन्छौँ त्यतै । आफ्नो हुन्न रहेछ जीवन बितोस् जस्तै ग़ुलामी गर अर्काको घर पालुवा हुन पुग्यौँ उद्धार हाम्रो गर ।७। कवि दुष्यन्त भट्टराई छन्द: शार्दूलविक्रीडित - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - ✍️ शब्द - कवि दुष्यन्त भट्टराई ✍️ 𝑳𝒚𝒓𝒊𝒄𝒔 - 𝗗𝘂𝘀𝘆𝗮𝗻𝘁𝗮 𝗕𝗵𝗮𝘁𝘁𝗿𝗮𝗶 🎤 𝗦𝗶𝗻𝗴𝗲𝗿 - 𝗠𝗿𝘀. 𝐃𝐞𝐞𝐩𝐥𝐚𝐭𝐚 𝐔𝐩𝐚𝐝𝐡𝐲𝐚𝐲𝐚 🎤 गायिका - श्रीमती दीपलता उपाध्याय 𝙎𝙪𝙗𝙨𝙘𝙧𝙞𝙗𝙚 𝘿𝙚𝙚𝙥𝙡𝙖𝙩𝙖 𝙐𝙥𝙖𝙙𝙝𝙮𝙖𝙮𝙖'𝙨 𝙔𝙤𝙪𝙏𝙪𝙗𝙚 𝘾𝙝𝙖𝙣𝙣𝙚𝙡 - /c/DeeplataUpadhyaya ▶️ 𝑪𝒉𝒂𝒏𝒏𝒆𝒍 𝑵𝒂𝒎𝒆 - 𝑫𝒆𝒆𝒑𝒍𝒂𝒕𝒂 𝑼𝒑𝒂𝒅𝒉𝒚𝒂𝒚𝒂 🎬 🆅🅸🅳🅴🅾 🅴🅳🅸🆃🅾🆁 - 𝘿𝙧. 𝘾𝙝𝙝𝙖𝙗𝙞𝙡𝙖𝙡 𝙉𝙚𝙪𝙥𝙖𝙣𝙚 🎥 भिडियो सम्पादन - डॉ. छबिलाल न्यौपाने 𝙎𝙪𝙗𝙨𝙘𝙧𝙞𝙗𝙚 𝘿𝙧. 𝘾𝙝𝙝𝙖𝙗𝙞𝙡𝙖𝙡 𝙉𝙚𝙪𝙥𝙖𝙣𝙚'𝙨 𝙔𝙤𝙪𝙏𝙪𝙗𝙚 𝘾𝙝𝙖𝙣𝙣𝙚𝙡 /c/OnlineSanskritUniversity ▶️ 𝑪𝒉𝒂𝒏𝒏𝒆𝒍 𝑵𝒂𝒎𝒆 - 𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑺𝒂𝒏𝒔𝒌𝒓𝒊𝒕 𝑼𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒚

Category

Show more

Comments - 19