Duration 2:54

यस्तो बन्यो जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन

550 watched
0
27
Published 10 Dec 2020

#JanakpurAirport_New_Terminal_Buliding यस्तो बन्यो जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ। २०६९ सालमा निर्माण सुरू भएको टर्मिनल भवन आठ वर्षपछि तयार भएको हो। invotech संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेपछि जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन गर्दैछन्। मंगलबार बिहान ११ बजे भट्टराईले टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दसक पुरानो टर्मिनल भवन विस्थापित हुने भएको छ। १८ जना यात्रु बोक्ने जहाजको लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै थियो। ncitsanima box ad 4bidh lab box ad 5 वि. सं. २०६९ कात्तिकमा १८ करोडको लागतमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए। डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो। प्राविधिक समस्या, रकम अभाव लगायतका कारण टर्मिनल भवन निर्माण कार्य पटक-पटक लम्बिँदै आएको थियो। अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूका चापका कारण भिडभाड हुने समस्याको अन्त्य हुने जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले बताए। alfa care नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको उनले बताए। जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन वटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ। बुद्ध एयरले दैनिक तीन, यती एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान गर्दै आइरहेको वरिष्ठ अधिकृत झाले जानकारी दिए। बुद्ध एयरले सोमबारदेखि नै नयाँ टर्मिनल भवनबाट सेवा दिँदै आए पनि आजबाट यती एयर र श्री एयरलाइन्सले नयाँ टर्मिनल भवनबाट सेवा दिन सुरू गरेको झाले बताए। अहिले जनकपुरबाट दैनिक ५ वटा उडान काठमाडौंका लागि गर्दै आएको छ।

Category

Show more

Comments - 2